कांग्रेस केन्द्रीय समितिकाे बैठकमा गठबन्धनकाे विकल्पमा ध्यान केन्द्रित गर्न माग

[sharethis-inline-buttons]

काठमाडाैं । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रिय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले केन्द्रिय सदस्यहरुले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान बीमा पनि प्रवेश गर्नुपर्ने माग राखेको बताउनुभयो ।

सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारीहरुले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने बताउनुभयो । उहाँले आगामी दिनमा काँग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रीय सदस्यहरुले कुरा राखेको बताउनुभयो ।

सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिममेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।


प्रकाशित : २०७९ असार ३० बिहीबार