राष्ट्रपति भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन पेश

[sharethis-inline-buttons]

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ।

महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७/०७८ को महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष दंगालले पेश गर्नुभएको हो ।


प्रकाशित : २०७९ असार २९ बुधबार