मेराे राजनीतिक जीवनकाे ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उलंघन गरिनँ : पूर्वप्रधानमन्त्री ओली

[sharethis-inline-buttons]

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई विशुद्ध र अशुद्ध ठान्न नहुने टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सचेत समेत गराउनुभयो ।

बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औं स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र हामीलाई मानव अधिकार उलंघनकर्ता ठान्ने भूल नगर्न पनि चुनौति दिनुभयो ।

गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हाल्दा समेत  आफ्नो राजनीतिक जीवनका ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उलंघन नगरेको ओलीको दाबी थियो । उहाँले आफूले मानव अधिकारको उलंघन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तीको कार्यकाल, जागिरको रुपमा नलिई आर्दश, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको पनि स्पष्ट पार्नुभयो ।

ओलीले राजनीति विकृत भए मानव अधिकारको उलंघनको घटना बढेर जाने तथ्य पनि पटकपटक स्मरण गराउनुभयो।


प्रकाशित : २०७९ असार २९ बुधबार