फोहोरबाटै ग्याँस र मल उत्पादन गरी आर्थिक विकास र रोजगारी सिर्जना गरौँ : मन्त्री चौधरी 

[sharethis-inline-buttons]

काठमाडाैं । सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोरबाटै ग्याँस, मल लगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्ने बताएका छन् ।

मन्त्रालयमा आयोजित फोहारमैला व्यवस्थापनमा क्रियाशील नेपालकै पहिलो कम्पनी भेन्चर वेष्ट टु इनर्जीको विज्ञ टोलीसँग दिउँसो सहरी मन्त्री मेटमणि चौधरीले फोहोरको दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।

फोहोर व्यवस्थापनमा गम्भीर देखिएका मन्त्री चौधरीले भने, ‘हामीले गफ धेरै गर्यौँ  । अब काम गरौँ । काठमाडौँको फोहोर मात्रै होइन देशैभरिको फोहोरलाई व्यवस्थित  ढंगले व्यवस्थापन गरौँ । फोहोरबाटै ग्याँस, मल लगायत पदार्थको उत्पादन गरी  आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्नेतिर ध्यान दिनतर्फ सोचौँ । मन्त्रालय फोहोरको स्थायी समाधान गर्न तयार छ ।’

भेन्चर वेष्ट टु इनर्जीले  नेपालमा ५५ देखि ६५ प्रतिशत सम्म कुहिने  फोहोर, २५ प्रतिशतसम्म रिसाइकल योग्य फोहोर र बाँकी काम नलाग्ने    खालको फोहोर उत्पादन हुने बताएको थियो । काठमाडौँमा मात्र फोहोरबाट वर्षेनी ६८ लाख लिटर पेट्रोल विस्थापित गर्न सकिने अनुमान प्रक्षेपण गरेको छ भने दैनिक १५ टन मल उत्पादन हुन सकिने जनाएको छ ।

धरान उपमहानगरपालिकासँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिरहेको उक्त संस्थाले हालै दैनिक रुपमा फोहारमैलाबाट जैविक इन्धन उत्पादन गर्न शुरु गरेको छ ।


प्रकाशित : २०७९ असार २९ बुधबार