एकैदिन १७७ जनामा काेराेना पुष्टि, संक्रिय संक्रमितकाे संख्या ८७३ पुग्याे

[sharethis-inline-buttons]

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो ।

जसमध्ये १ हजार ८ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको मन्त्रालयले जानकारी दिएको हो ।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ८५३ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा छन् ।


प्रकाशित : २०७९ असार २८ मंगलवार