प्रधानमन्त्री देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउबीच बालुवाटारमा भेटवार्ता

[sharethis-inline-buttons]

काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्रीमा शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएकाे छ ।

केहीबेर अघि काठमाडाैं उत्रिनुभएका लिउ प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएकाे हाे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र  जियानचाओबीचको भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव पनि सहभागी हुनुभएकाे छ ।

प्रधानमन्त्री देउवासँगको भेटलगत्तै जियानचाओले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।


प्रकाशित : २०७९ असार २६ आईतवार