
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
हिजो स्थगित बैठक आज १ बजेका लागि बोलाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु पदाधिकारी चयनको गृहकार्यमा लागेपछि हिजोको बैठक स्थगित गरिएको थियो । यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ ।
आजको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रकाशित : २०७९ असार २२ बुधबार