नवनियुक्त तीन मन्त्रीद्वारा राष्ट्रपति समक्ष सपथ

[sharethis-inline-buttons]

काठमाडौं । नवनियुक्त तीन जान मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ ग्रहण गर्नुभएकाे छ । जनता समाजवादी पार्टी (जसपा) का नयाँ मन्त्रीहरुले राष्ट्रपति समक्ष सपथ ग्रहण गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएकाे थियाे ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको उपस्थितिमा राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभयाे।

जसपाले हाल सरकारमा रहेका मन्त्रीहरु महिन्द्रराय यादव, रेणु यादव, रामसहाय यादवलाई फिर्ता बोलाएर उहाँहरुको ठाउँमा नयाँ मन्त्री पठाएको थियो।


प्रकाशित : २०७९ असार २० सोमबार