एकीकृत समाजवादीमा खैलाबैला, निवर्तमान चार मन्त्री विद्राेहकाे तयारीमा !

[sharethis-inline-buttons]

sf7df8f}+। मन्त्रीबाट फिर्ता बोलाएपछि नेकपा एकीकृत समाजवादीका ४ पूर्वमन्त्री निकै असन्तुष्ट छन् । उनीहरु पार्टीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध संगठित नभएका होइनन् । तर, विद्रोहका लागि संसदीय दलमा बहुमत नपुगेपछि उनीहरु ब्याक सरेको समाजवादीकै एक नेताले जानकारी दिए ।

पार्टीको समग्र निर्णयले मन्त्री हेरफेर गर्ने भएपछि निवर्तमान मन्त्रीहरुले १२ असारमा पदबाट राजनीमा दिएर सरकारबाट बाहिरन लाग्दाको समयमा कसैले पत्रकार सम्मेलन गरेर आक्रोश र आँसु दुवै पोखे त कोही चुपचाप आफ्नो बाटो लागे । उनीहरुले आजको केन्द्रीय परिषद बैठकमा समेत अनुपस्थित जनाएका थिए ।

अनुपस्थित हुनेमा निवर्तमान मन्त्रीहरु प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठ रहेका छन् । यसले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ ।

यसअघि नै मन्त्री हेरफेरको घोषणा गरिसेकेको एकृकीत समाजवादीले आज (सोमबार) बाट नयाँ मन्त्रीहरुलाई आ–आफ्नो जिम्मेवारीको शपथ दिलाएर मन्त्रीपरिषद्को पुर्नरगठन गराउन सफल भएको छ । तर,यता प्रेम आले र रामकुमारी झाँक्री कुनैपनि बेला विद्रोहको तयारीमा उत्रिने हुन कि भन्ने विषयले पार्टीमा थप खलबली मच्चिन थालेको नेता तथा कार्यकर्ताको विश्लेषण छ ।

किसान श्रेष्ठ नेकपा एकता अभियानमा भित्र भित्र लागिरहेका छन् । यसले कुनैपनि बेला नेकपा एसको आन्तरिक संरचनामा ठूलै कम्पन आउन सक्ने देखिएको छ ।


प्रकाशित : २०७९ असार १३ सोमबार