कृषिमन्त्री समक्ष सांसद अधिकारीकाे माग, ‘४ लाख मेट्रिक टन मल तुरून्तै चाहियाे’

[sharethis-inline-buttons]

काठमाडौं । सांसद खगराज अधिकारीले मल अभाव भएको भन्दै कृषिमन्त्रीसमक्ष आपूर्तिको माग गर्नुभएकाे छ। सोमबार प्रतिनिधि सभामा बोल्दै अधिकारीले किसानलाई धानवालीमा हाल्न आजै तुरून्तै मल चाहिएको बताउनुभयाे।

‘मुख्य बाली धानका लागि कहिले आउँछ मल ? किसानलाई अहिले आजै चाहियो मल। अर्जेन्ट छ, अहिले चाहियो, विनियोजन विधेयकमाथि छलफल त गरेकै छौं नि।

अहिले आजै किसानलाई खेतमा हाल्न मल चाहियो ।’ अधिकारीले भन्नुभयाे।

उहाँले ४ लाख मेट्रिक टन मल चाहिएको भन्दै कृषिमन्त्रीले लगभग एक लाख ५० हजार जी टु जी गर्न खोजेको भन्दै आपत्ती जनाउनुभयाे।

भारतले ६०/६५ हजार मेट्रिकटन दिन सक्दैनौं भनेको छ भन्ने सुनेको छु।’ उहाँले भन्नुभयाे।


प्रकाशित : २०७९ जेष्ठ ३० सोमबार