उपसभामुख र दुई मन्त्रालयसहित सरकारमा सहभागि हुने लाेसपाकाे तयारी

[sharethis-inline-buttons]

काठमाडाैं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले उपसभामुख र दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा गरेकाे छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई लोसपा अध्यक्ष ठाकुरले नागरिकता विधेयक अघि बढाए आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएपछि प्रधानमन्त्रीले उपसभामुख र दुई मन्त्रालय दिने बताएकाे लाेसपा स्राेतले बताएकाे हाे ।

देउवाले पछिल्लो समय अध्यक्ष ठाकुरसँग निरन्तर सम्वाद गरिरहेका छन्।

हिजाे (शनिबार) ठाकुरलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। उनले मधेसको मुद्दा नागरिकता ऐन सहमति जुटाएर संसदमा अगाडि बढाउने तयारी भइरहेको बताएका थिए ।

देउवाले आइतबार मात्र सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर नागरिकता विधेयक अघि बढाउने र लोसपाको माग सम्बोधन गर्ने विषयमा परामर्श लिइसकेका छन् ।

 


प्रकाशित : २०७९ जेष्ठ २३ सोमबार