नेपालमा खेतीयाेग्य जमिनकाे ३० प्रतिशतमा मात्रै सिंचाइ सुविधा उपलब्ध

[sharethis-inline-buttons]

काठमाडाैं । नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाईको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा साे जानकारी गराइएको हो।

सिँचित जमिन कम भएकाले पनि खाद्यन्नहरुको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा. दिपक भण्डारीले बताउनुभयो । उहाँले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाई, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

कार्यकारी निर्देशक भण्डारीले सिँचाईका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गर्न नसकिएको पनि स्मरण गराउनुभयो ।

परिषदले हालसम्म ८० वटा बस्तुबालीका ७२३ जातहरु विकास गरी कृषकको खेतबारीमा पुगेको पनि जनाएको छ। त्यसैगरी, माटोको डिजिटल नक्शाङ्कन सार्वजनिक गरिएको, सुन्तला, जुनार र कागतीलाई चिस्यान कोठामा ३ महिनासम्म भण्डारण गर्न सकिने प्रविधि भित्र्याउने प्रस्तावलाई अघि बढाएको पनि परिषदका कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो ।


प्रकाशित : २०७९ बैशाख २४ शनिबार