काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्तिवाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेर दुबै जनाले उम्ममेदवारी दर्ता गराएका हुन् ।
प्रदेश सांसद रहुनभएका स्थापितले मेयर पदमा उठ्नकै लागि केही दिन अघि मात्र सांसद पदबाट राजीनामा दिनुभएकाे थियाे । स्थापित २०५४ काे स्थानीय निर्वाचनमा काठमाडाैं नगरपालिकाकाे मेयरमा निर्वाचित हुनुभएकाे थियाे ।
उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् । स्वतन्त्र उम्मेदवार दिने तयारीमा रहनुएकी डंगाेल एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले उपमेयर बनाउने निर्णय गरेको थियो ।