धनुषा । जनकपुरको मेयरमा नेकपा एमालेबाट शिव शंकर साह (हिरा)ले उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता भएको दोस्रो दिन व्यवसायी साहले उमेदवारी दर्ता गराएका हुन् ।
साह उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष थिए । यसअघिको स्थानीय निर्वाचनमा जनकपुरमा एमाले तेस्रो दल बनेको थियो ।
प्रकाशित : २०७९ बैशाख १२ सोमबार