साहित्यकार घलेद्वारा लिखित १ सय ५१ पुस्तकको एकसाथ लाेकार्पण

[sharethis-inline-buttons]

काठमाडाैं । समाजसेवी, कलाकार, एवंम् साहित्यकार सुश्री भद्रकुमारी घलेद्वारा लिखित १ सय ५१ पुस्तकको एकसाथ विमोचन भएको छ ।

शनिवार भद्रकुमारी घले सेवासदन देविनगर काठमाडौंमा पुस्तकको लोकसंस्थाको वार्षिक उत्सव तथा ९२ वर्षीया सुश्री घलेद्वारा लिखित एक सय ५१ वटा पुस्तकको एकसाथ विमोचन गरिएको हो ।

यसअघि नै विभिन्न विधाका १ सय ४१ पुस्तक प्रकाशित गरिसक्नु भएकी लेखिका घले यसपटक कविता, निवन्ध र भजन संग्रह गरी एक सय ५१ पुस्तक प्रकाशित गर्नुभएको हो ।

लेखिका घलेले प्रकाशित पुस्तकहरुमा आफ्नो जीवन भोगाई, बुढ्यौलीको अनुभव र वर्तमान समाजलाई समेटिएकोले त्यो नयाँ पुस्ताका लागि सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीले भद्रकुमारी घलेको व्यक्तित्वको प्रशंशा गर्दै ९२ वर्षको वृद्ध उमेरमा एक साथ एक सय ५१ वटा पुस्तक प्रकाशन गर्नु असामान्य र अतुलनिय कुरा भएको बताउनुभयो । उहाँले कलाकारिता र समाजसेवामा घलेको उल्लेखनिय योगदान रहेको र त्यसप्रति नेपाली समाज कृतज्ञ हुनुपर्ने बताउनुभयो ।


प्रकाशित : २०७९ बैशाख १० शनिबार