नेकपा एमालेकाे चुनावी घाेषणा पत्र सार्वजनिक, नि:शुल्क बिजुलीदेखि स्वदेशमै राेजगारीसम्म (पूर्णपाठसहित)

[sharethis-inline-buttons]

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ छ ।

घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना सविस्तार व्याख्या गरिएको छ ।

एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ बनाउने प्रतिवद्धता पनि जनाइएको छ । यस्तै, घोषणापत्रमा स्वास्थको विषयलाई दोस्रो प्राथमिकतामा राखिएको छ । त्यस्तै खानेपानी र सरसफाइ, उर्जाको विषयलाई एमालेले आफ्नो घोषणापत्रमा प्रमुखताका साथ समेटेको छ ।

विपन्न परिवारलाई घरायसी प्रयोगका लागि बिजुली नि:शुल्क उपलब्ध गराउने समेत एमालेले जोड दिएको छ । कृषिलाई पाँचौँ प्राथमिकताको रुपमा घोषणापत्रमा समेटेको छ ।

त्यसैगरी, यातायात पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिककरण र आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सम्मान कार्यक्रम लगायत विषय क्रमश: एमालेको प्रमुख योजनाको रुपमा घोषणापत्रमा उल्लेख छ ।


प्रकाशित : २०७९ बैशाख ९ शुक्रबार