तीन वर्षपछि राखेपको बोर्ड बैठक आज बस्दै,दुई मुख्य एजेन्डा

[sharethis-inline-buttons]

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक आज बस्दैछ। तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक आज बस्ने तय भएको हो ।

सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आज बोर्ड बैठक बोलाउनुभएको हो । युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजे सुरु हुनेछ ।

अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो। अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई नबोलाइएको बैठकमा मुख्य दुई एजेन्डा राखिएको छ।

सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र चीनमा हुने १९औं एशियन गेम्सलाई मुख्य एजेन्डा बनाएका हुन् ।

मन्त्री परिषद्को बैठकले यसअघि नै नवौं राष्ट्रिय खेलकुद २२ देखी २८ जेठसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।


प्रकाशित : २०७९ बैशाख ९ शुक्रबार