नागरिक एपमार्फत सिटिजन्स बैंकको खाता खोल्न सकिने

[sharethis-inline-buttons]

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा यो सुविधा थपेको हो ।

वैशाख ७ गते बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ ।

नागरिक एपमार्फत खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ ।

त्यसपछि स्क्रिनमा देखिएको क्यू।आर कोडलाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ।

सो प्रक्रिया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरू आफै अनलाइन फर्ममा भरिनेछन् र बाँकी विवरण भरी ग्राहकहरुले सजिलै अनलाइन खाता खोल्न सक्नेछन् ।


प्रकाशित : २०७९ बैशाख ७ बुधबार