रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुखका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।
एमाले चन्द्रपुर नगर कमिटीको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि ८ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
वैशाख ३ गतेदेखि ६ गतेसम्म बसकेको बैठकमा सहमति जुट्न नसकेपछि ८ जनाको नाम माथिल्लो कमिटीमा पठाइएको हो ।
नगरपालिका प्रमुखका लागि राजु धामी, शिवप्रसाद आचार्य, प्रमोद चौधरी, सुनिल तिमल्सिना, शारदा हुमागाईं, कोपिला तिमल्सिना, नौतम पोखरेल र ऋश्वेश्वर दाहालको नाम माथिल्लो कमिटीमा सिफारिस गरिएको नगर कमिटी अध्यक्ष शिवप्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित : २०७९ बैशाख ७ बुधबार