स्थानीय तह निर्वाचन : एक महानगरपालिकासहित चार उपमहानगरपालिकामा माओवादी केन्द्रको दाबी

[sharethis-inline-buttons]

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी नेता वर्षमान पुनले तीन वटा महानरपालिका काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिन प्रस्ताव गरेका हुन्।

भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी ९जसपा० र पोखरा एकीकृत समाजवादीले लिने उनले प्रस्ताव गरेकाे स्रोतले बताएको छ ।

११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनु पर्नेमा पुनको दाबी छ।


प्रकाशित : २०७९ बैशाख ४ आईतवार