पल शाह प्रकरण : उक्साहटमा उजुरी दिएकाे बालिकाकाे बयान

[sharethis-inline-buttons]

काठमाडौं । कलाकार पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट बकपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी छन् ।

एक कानुन व्यवसायीका अनुसार अरुको उक्साहटमा आफूले उजुरी दिएको तर वास्तवमा बलात्कार नभएको भन्ने खालको व्यहोराको बकपत्र गरेकी छन् ।

बालिकाला बुवा आमा लगायतको बकपत्र भने बाँकी रहेकाे ति कानुन व्यवसायीकाे भनाइ छ ।

अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ ।

बुवा, आमा लगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ ।


प्रकाशित : २०७९ बैशाख ४ आईतवार