एजेन्सी । युक्रेनको राजधानी सहर किभ वरपर नाै सयभन्दा बढी सर्वसाधारणको शव फेला परेका छन् ।
रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्रेनी पक्षको भनाइको स्वतन्त्र पुष्टि हुन भने बाँकी रहेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
रुसले आफ्नो आक्रमण पूर्वीयुक्रेनमा केन्द्रित गरेको बताउँदै आएको छ । पूर्वीयुक्रेनमा हमला तीब्र पारेसँगै लुहान्स्क र दोनेत्स्क खाली गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
२४ फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् ।
प्रकाशित : २०७९ बैशाख ३ शनिबार