थप ३८८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा १२०५ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ।

हाल देशभर कोरोनाका सत्रिmय संक्रमित देशभर ११ हजार २८२ जना रहेका छन् ।


प्रकाशित : २०७८ फाल्गुन ९ सोमबार