सिरहा । मातृभुमी युवा समाज सिरहाले प्रादेशिक अस्पताल सिरहामा उपचाररत एक बालकलाई सहयोग गरेको छ ।
गम्भीर प्रकारको डिहाईड्रेशन रोगबाट ग्रसित ८ महिने बच्चालाई समाजले लत्ताकपडा लगायतका सामाग्री सहयोग गरेको हो ।
समाजले अस्पतालमै पुगेर बालकलाई चाहिने न्यानो लुगा ४ थान, प्याम्पर लगायतका समान प्रदान गरेको अध्यक्ष मनिष कुमार यादवले जानकारी दिए ।
आमा नभएको र बुबा पक्षघातका कारण अशक्त रहेको धनुषाको कमला नगरपालिका ५ लगमाका आठ महिने लक्ष्मनीनियाँ मण्डल उपचार गराउन प्रादेशिक अस्पताल सिरहामा भर्ना भएका छन् ।
उनको परिवारको आर्थिक अवस्था कमजोर भएकोले अध्यक्ष यादवले उपचारका लागि सबैसगं आग्रह पनि गरेका छन् ।
प्रकाशित : २०७८ फाल्गुन ८ आईतवार