मधेश प्रदेशका युवाहरुबीच छलफल

[sharethis-inline-buttons]

वीरगञ्ज । दिगो बिकासका लक्ष्य गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा मधेश प्रदेशका युवाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।

युवा संस्थाले राइट हियर राइट नाउ र नेपाल एपीएफएसडी (नयाँ) को सयुँक्त सहकार्यमा कार्यक्रमको आयोजना गरेको हो । मधेश प्रदेशका ८ वटै जिल्लाबाट २२ जना युवाहरुको सहभागिता रहेका थियो ।

मधेश प्रदेशभित्र दिगो बिकासका लागि गुणस्तरिया शिक्षा र लैंगिक समानता सम्बन्धमा देखिएका चुनौतीहरुको विषयमा युवाहरुले छलफल गरेका थिए ।

छलफलको क्रममा सहभागिहरुले शिक्षा क्षेत्रभित्रका बेथिती एवम् बिसंगती र अपर्याप्त भौतिक पूर्वाधार लगायतका चुनौतीहरु औँल्याएका थिए । दक्ष जनशक्तिको अभाव, बनेका नियम कानुनहरु कार्यन्वयन नहुनु, पिर्तसतात्मक सोच, अन्धविश्वास लगायतका प्रवृतिको पतन नहुँदसम्म गुणस्तरीय शिक्षा र लैंगित समानताले सार्थकता नपाउने सहभागी युवाहरुको धारणा थियो ।

सातवटै प्रदेशका युवाहरुलाई समावेश गरेर गुणस्तरिय शिक्षा र लैंगिक समानता सम्बन्धमा सचेत बनाउने र नयाँ पुस्ताको धारणालाई निर्णायक क्षेत्रमा पु¥याउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको युवा संस्थाकी कार्यक्रम संयोजक श्रेया श्रेष्ठले बताइन् ।

पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा र धनुषाका युवाहरुले आ–आफ्नो जिल्ला र गाउँमा गुणस्तरिया शिक्षा र लैंगिक समानतासम्बन्धी विद्यमान चुनौतीहरु प्रस्तुत गरेका थिए ।

 


प्रकाशित : २०७८ फाल्गुन ८ आईतवार