ओमानमाथि नेपालको शानदार जित

[sharethis-inline-buttons]

काठमाडौं । ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले सुखद सुरुवात गरेको छ । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पार्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानमाथि ३९ रनको जित हासिल गरेको हो । ओमानलाई १७ ओभरमा अलआउट गर्न नेपाली बलरहरुले शानदार प्रदर्शन गरे । नेपालका लागि कमलसिंह ऐरी ३ ओभरमा १५ दिँदै ३ विकेट लिए ।

जितेन्द्र मुखियाले ३ ओभर बलिङ गर्दै ९ रन दिएर एक विकेट लिए । सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान दुई दुई विकेट लिए । यस्तै अविनाश बोहराले एक विकेट लिए ।

सुरुमा सामान्य देखिएको लक्ष्य कठिन पिच र नेपालको उत्कृष्ट बलिङले गर्दा ओमानका लागि पहाड बनेको छ । कुनै पनि नेपाली बलरले ओमानी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन् ।

नेपालका कमल सिंह ऐरीले पहिलो ओभरमै विकेट लिएर उत्कृष्ट सुरुवात गरेका थिए ।


प्रकाशित : २०७८ फाल्गुन ६ शुक्रबार