काँग्रेस महोत्तरीको विवादित क्षेत्रको अधिवेशन फागुन ८ मा

[sharethis-inline-buttons]

महोत्तरी : नेपाली काँग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएको छ ।

विवादका कारण स्थगित भएको मनरासिस्वा नगरपालिका–८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन ८ फागुनमा निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने तय भएको हो ।

निर्वाचन कहाँ गराउने भन्ने विषय विवाद बढेपछि क्षेत्र नम्बर ३ को अधिवेशन पटक(पटक बिथोलिँदै आएको थियो । एक पक्षको पिपरामा गराउनुपर्ने अर्को पक्षको जलेश्वर गराउनुपर्ने अडानको कारण अधिवेशन स्थगित बन्दै आएको थियो ।

अब भने पिपरा गाउँपालिकास्थित रामनारायण विद्यालयको प्राङ्गणमा निर्वाचन गर्ने दुवै पक्षबीच सहमति भएको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।


प्रकाशित : २०७८ फाल्गुन ५ बिहीबार