
सर्लाही : जिल्लाका दुई स्थानमा आगलागी भएको छ ।
हरिपुर नगरपालिका-३, फरहदवा निवासी राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योग र बागमती नगरपालिका-४, निवासी देवराज सिङतानको घरमा आगलागी भएको हो ।
प्रहरीका अनुसार बुधबार साँझ विद्युत सर्ट भएर आगलागी हुँदा उद्योगमा रहेको एक एउटा मेसिनसहितका सामग्री नष्ट हुँदा ५ लाख ४० हजारको क्षति भएको छ ।
त्यस्तै, साँझ सिङतानको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ ।
प्रकाशित : २०७८ फाल्गुन ५ बिहीबार