लागुऔषध सहित बाराबाट २ जना पक्राउ

[sharethis-inline-buttons]

बारा । लागुऔषध सहित बाराबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बस्ने ३१ वर्षीय अनुपन लामा र वडानम्बर १३ बस्ने ३१ वर्षीय विजय श्रेष्ठ रहेका छन् ।

बा ३९ प ४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

बुधबार राति पौने १० बजे जितपुरसिमरा उपमहानगरपालिका वडानम्बर २२ थानिमाईस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।


प्रकाशित : २०७८ फाल्गुन ५ बिहीबार