मौसम आंशिक बद्ली

[sharethis-inline-buttons]

काठमाण्डाै : देशका केही ठाउँको मौसममा अहिले आंशिक बद्ली भएकाे छ ।

प्रदेश-१ को पहाडी क्षेत्रका केही ठाउँको मौसम आज दिनभरजस्तो नै आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ ।

अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार प्रदेश-१ का केही पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज हल्का पानी पर्ने सम्भावना छ ।


प्रकाशित : २०७८ फाल्गुन ५ बिहीबार