
धनुषा : एमसीसीको विरोध गर्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिँडेका विप्लव समूहका २१ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको मिथिला नगरपालिका–१० लालगढस्थित पूर्व–पश्चिम राजमार्गमा नारा जुलुससहित यातायात बन्द गराउन खोज्दा विप्लव समूहका केन्द्रीय सदस्य देवनारायण साहसहित २१ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
पक्राउ पर्नेमा ६ जना महिला र १५ जना पुरुष रहेको बस्नेतले बताए ।
प्रकाशित : २०७८ फाल्गुन ४ बुधबार