दुबई र दिल्ली जान अब पीसीआर रिपोर्ट नचाहिने

[sharethis-inline-buttons]

काठमाडौं  – नेपालबाट भारतको दिल्ली र दुबई जान अब कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ ।

नेपाल एयरलायन्सले मंगलबार सूचना जारी गर्दै दुवई जाने यात्रुहरूले ६ घण्टा भित्रको र्‍यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने जनाएको हो ।

तर उनीहरूले उडान अवधिभर ४८ घण्टा भित्र परीक्षण गर्दा नेगेटिभ भएको रिपोर्ट भने दुबई पुगेर देखाउनुपर्नेछ ।

त्यस्तै भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली आउने व्यक्तिलाई पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ । कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिहरूका लागि भारत सरकारले यस्तो प्रावधान ल्याएको हो ।


प्रकाशित : २०७८ फाल्गुन ४ बुधबार