सर्लाहीको लालबन्दीमा स्कुटर दुर्घटना चालकको मृत्यु

[sharethis-inline-buttons]

सर्लाही – सर्लाहीको लालबन्दीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-६, ढल्केवर बस्ने ६० वर्षीय रामलाल पाख्रिन रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

पाख्रिन सवार ज १२ प ३८०३ नम्बरको स्कुटर लालबन्दी नगपालिका-९, स्थित भित्री सडक खण्डमा दुर्घटना भएको इलाका प्रहरी लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

स्कुटर दुर्घटनामा परेर गम्भीर घाइते भएका पाख्रिनको उपचारका क्रममा विराटनगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

 

 


प्रकाशित : २०७८ फाल्गुन ४ बुधबार