काँग्रेसले भ्रातृ संस्थाहरुको वर्तमान कमिटी भंग गर्यो

[sharethis-inline-buttons]

काठमाडौं । नेपाली काँग्रेसले भ्रातृ संस्थाको वर्तमान कमिटी भंग गरेको छ ।

मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले म्याद सकिएका भ्रातृ संस्थाको म्याद नथप्ने निर्णय गरेको एक पदाधिकारीले बताए । योसँग म्याद सकिएका भ्रातृ संस्था विघटन भएको ती पदाधिकारीको भनाइ छ ।

काँग्रेसमा भ्रातृ संस्थाहरू महिला संघ, दलित संघ, तरुण दल नेविसंघ र मुस्लिम संघमा नेतृत्व विहीन थियो भने बाँकी अधिकांशको पनि महाधिवेशन हुन सकेको थिएन । काँग्रेसका १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामध्ये अधिकांशको म्याद सकिएको थियो ।

भंग गरिएका भ्रातृ संस्थामा नयाँ कमिटी ल्याइने छ । नयाँ कमिटी ल्याउने अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको ती पदाधिकारीले बताए ।


प्रकाशित : २०७८ फाल्गुन ३ मंगलवार