मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

[sharethis-inline-buttons]

रुपन्देही । मंगलबार बिहान बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका-१२ मिलनपार्कमा बिहान चार बजे अनियन्त्रित भएर पल्टिंदा दुईजनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताए ।

दुवैजनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : २०७८ फाल्गुन ३ मंगलवार