मधेश आएर प्रचण्डले भने : गठबन्धन भत्काउने र निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको छ

[sharethis-inline-buttons]

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन भत्काउने र निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

आइतबार जनकपुरधाममा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा उनले गठबन्धन हर हालतमा सदृढ गरेर जानुपर्ने बताएका छन् । ‘केही तत्वहरु गठबन्धन उल्ट्याउन, हुन लागेको निर्वाचन रोक्न र वातावरण धमिलो पार्न लागिरहेका छन्’ उनले भने ।

दाहालले गठबन्धन दलकै सल्लाहमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको समेत बताए ।

दाहालले सर्वोच्च अदालतको गतिरोध हटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता गरेको बताएका हुन् ।


प्रकाशित : २०७८ फाल्गुन १ आईतवार