१० पुस,काठमाण्डौ ।नेपाली काङग्रेसको १४ औं महाधिवेशन पछि निर्वाचन समितिले निर्बाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेकोछ ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर ठेउवासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको हो ।
मङ्सिर २४ देखि २७ सम्म भएको काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित १ सय ३४ सदस्यले प्रमाणपत्र लिएका छन ।यसपछि महाधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीसहितको केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा अहिले बेहिबेरपछि बस्ने तयारी छ ।