इभमा क्रिसमसमय मल

[sharethis-inline-buttons]

काठमाडौं: विश्वभरिका क्रिस्चियन धर्मावलम्बीले भोलि (शनिबार) क्रिसमस डे पर्व मनाउँदैछन्। नेपालका क्रिस्चियन धर्मावलम्बीले पनि हरेक वर्ष यो पर्व धुमधामले मनाउने गरेका छन्।

आजभोलि खासगरी सहरी क्षेत्रमा क्रिस्चियन धर्मावलम्बी मात्र नभएर अन्यले पनि क्रिसमस डेलाई निकै महत्व दिने गरेका छन्। क्रिसमस डेको साताअघिदेखि नै शुभकामना आदानप्रदान गर्ने चलन बढ्दै गएको छ।

क्रिसमस डेको अघिल्लो दिन काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक हुन्छ। क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइन्छन्।

क्रिसमस डेको पूर्वसन्ध्यामा काठमाडौंका विभिन्न स्थानमा विशेष गरी सपिङ मलहरुमा ‘सान्टा क्लस’को लुगा र टोपी लगाएर खुसी मनाइरहेकाहरू जताततै भेटिएका छन्। सुन्धारास्थित सिभिल मल र कमलपोखरीस्थित सिटी सेन्टरमा पनि त्यसरी रमाइरहेकाहरूको भिडले क्रिसमस डेको स्वागतका लागि उल्लासमय माहाेल बनाएकाे छ।

ती मलहरुमा सजाइएका क्रिसमस ट्रीमा फोटो खिचाउनेको भिड नै लागेको छ। त्यहाँका पसलहरुमा डमीलाई सान्टा क्लसको पहिरन लगाइएको दृश्यले सबैजना क्रिसमस डेको स्वागतका लागि आतुर रहेको आभास दिलाउँछ।


प्रकाशित : २०७८ पुष ९ शुक्रबार