नेकपा मसालको विद्रोही समूह र माओवादी केन्द्रबीच एकता

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा मसाल (सम्पर्क केन्द्र) नेकपा माओवादी केन्द्रमा विलय भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रमा विलय भएको हो । विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ ।


प्रकाशित : २०७८ पुष ९ शुक्रबार