
काठमाडौँ – शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत भेटिएका संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि निकालिने प्रहरीले जनाएको छ । यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने बताइएको छ । यादवका बुवा-आमा घटनास्थल पुगिसकेका छन् ।
अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव आफ्नै कार्यालयको क्वार्टरमा झुण्डिएको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । यादव नवलपरासी रामग्राम नगरपालिका २ निवासी हुन् । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
प्रकाशित : २०७८ पुष ९ शुक्रबार