
काठमाण्डौ ।२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त संरचना तथा पुनर्स्थापना कामको दायित्व पाएको प्राधिकरणको ६ वर्षे कार्यकाल आजदेखि सकिएको छ । कार्यकाल सकिन लागेको पूर्बसन्ध्यामा राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले पुनर्निर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ।
रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी बिहीबार कामपालाई हस्तान्तरण गरेको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका हुन्। पोखरीको काम सम्पन्न भए पनि पोखरी बाहिर १० प्रतिशत काम अझैँ बाँकी छ। उक्त काम भने सहरी विकास मन्त्रालयले गर्नेछ।