
काठमाण्डौ । बागमती प्रदेशमा आज मन्त्रीपरिषद बिस्तार हुँदैछ । ३ जना फुल मन्त्री र दुई जना राज्यमन्त्रीसहित मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको हो ।मुख्यमन्त्री पाण्डेले नेपाली काङ्ग्रेसको ५ जनालाई सरकारमा लैजाने तयारी गर्नुभएको स्रोतले बताएको छ ।
काङ्ग्रेसको भागमा परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय , संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो ।
काङ्ग्रेसले पाउने भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा मकवानपुरको सन्तबहादुर प्रजा हुने पक्का भएपनि एउटा राज्यमन्त्रीमा रजनी जोन्छे अमात्य वा कल्पना नेपालीमध्ये एकजना कस्लाई बनाउने भन्ने टुङगो लागेको छैन ।३ जना फुल मन्त्रीको पनि नाम टुंगो लागेको छैन।