
काठमाडौं– पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष जितेका मियाँ बुधबार पर्सामा आयोजित कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन्। उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका नेपालीहरुको प्रतिनिधित्व गर्ने पार्टीका रुपमा स्थापित नेकपा (एमाले)ले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने दाबी गरे।
प्रकाशित : २०७८ पुष ८ बिहीबार