थप २९३ जनामा कोरोना पुष्‍टी, २ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं– नेपालमा थप २९३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन गरी ११ हजार ६२६ नमूनाको परीक्षण गर्दा बिहीबार थप २९३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५१० जनाको पीसीआर र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २४१ र एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८१ पुगेको छ।


प्रकाशित : २०७८ पुष ८ बिहीबार