
काठमाडौं । विवेकशील साझाकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले पार्टीबाट राजीनामा दिनु भएको छ । उहाँले पछिल्लो समय पार्टीको मुल नेतृत्वमा नै ढोंग भएको भन्दै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनु भएको हो ।
बिहीबार पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै आफूले अब देखि पार्टीमा कुनै पनि किसिमको योगदान गर्न असमर्थ हुने भएकोले पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको दर्शनाले उल्लेख गर्नु भएको छ ।
पछिल्लो समय विवेकशील साझामा अन्तरिक विवाद चुलिएको छ ।
प्रकाशित : २०७८ पुष ८ बिहीबार