एसियन सिनियर सेन्ट्रल जोन महिला र पुरुष भलिबल च्यालेन्ज कप आजदेखि

[sharethis-inline-buttons]

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन महिला र पुरुष भलिबल च्यालेन्ज कप आजदेखि बंगलादेशमा हुँदैछ । ढाकामासुरु हुन लागेको प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टोलीले आज श्रीलङ्कासँग खेल्दैछ । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । यस्तै पुरुष टोलीले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता छ । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तान सहभागी छन् । महिलातर्फ आयोजक बङ्गलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल पुगेछन् ।


प्रकाशित : २०७८ पुष ८ बिहीबार