ताजा तरकारी तथा फलफूलमा विषादीको प्रयोगबारे पर्याप्त परीक्षण हुन सकेन

[sharethis-inline-buttons]

काठमाडौं । केन्द्रीय कृषि प्रयोगशालाले नेपालमा उत्पादन भएका ताजा तरकारी तथा फलफूलमा विषादीको प्रयोग भएको छ या छैन भनेर गरिने परीक्षण पर्याप्त नभएको जनाएको छ । हाल नेपालका ७ स्थानबाट विषादी प्रयोगबारे परीक्षण गर्ने व्यवस्था गरिएको भए पनि ३ स्थानका प्रयोगशाला बन्द छन् ।

झापाको विर्तामोड, सर्लाहीको वृहत्त वागबानी केन्द्र, बुटवल, नेपालगञ्ज अत्तरिया, पोखरा र कालीमाटीमा ताजा तरकारी तथा फलफूलमा विषादी प्रयोगको अवस्थाको परिक्षण गर्ने व्यवस्था गरिएको थियो । तर, हाल नेपालगञ्ज, पोखरा र सर्लाहीका प्रयोगशाला बन्द छन् ।

प्रयोगमा रहेका प्रयोगशाला मार्फत पनि राम्रोसँग विषादीको जाँच गर्न नसकिएको केन्द्रीय प्रयोगशालाका प्रमुख सावित्री बरालले बताउनु भयो । यसरी तरकारी तथा फलफूलमा रहेको विषादीको मात्रा जाँच नहुँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष रुपमा प्रभाव परिरहेको छ ।


प्रकाशित : २०७८ पुष ८ बिहीबार