
काठमाडौं । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
उहाँका अनुसार यसकै प्रभावले देशभरको पहाडी भेगको मौसम पनि आशिंक बदली हुनेछ । तर पानी पर्ने वा भारी हिमपात हुने सम्भावना भने कतै पनि नदेखिएको उहाँको भनाइ छ आज पहाडी भेगको मौसम आंशिक बदली भएपनि बाँकी भू–भागमा सामान्यतया सफा रहने मौसमविद् पौडेलले जानकारी दिनुभयो ।
यस्तै आज राति देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरूमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।