
काठमाडौं – यातायात व्यवस्था विभागले मोटरसाइकल (दुई पाङ्ग्रे सवारी) को पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने तयारी गरेको छ । विभागले अहिले पनि लागु भइरहेको र अब कडा गरी अनिवार्य गर्ने तयारी भइरहेको जनाएको छ । पछाडि बस्ने यात्रु सुरक्षाको लागि ऐनमै अनिवार्य गर्न गरी कडाइका साथ कार्यान्वयनमा ल्याइने विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।
यसका लागि विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०७७ को ड्राफ्ट तयार पारी राय, सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । विभागले मन्त्रालय पठाएको ऐनमा मोटर साइकल (दुई पाङ्ग्रे सवारी) चलाउँदा पछाडि बसेर यात्रा गर्ने यात्रुको ज्यान जाने खतरा भएकाले हेल्मेट लगाउनुपर्ने भनी उल्लेख गरिएको छ । यही ऐनलाई संसोधन गरी अनिवार्य गर्न लागिएको विभागले जनाएको छ ।