काठमाडौं – नेपालमा थप एकजनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । नेपालमा ओमिक्रोन देखिएको यो तेस्रो केस हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले बुधबार प्रेस ब्रिफिङका क्रममा नेपालका ९८ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन् ।
उनी अहिले मन्त्रालयको निगरानीमा आइसोलेसनमा रहेको र उनको सम्पर्कमा आएका अरू व्यक्तिको ‘कन्ट्याक ट्रेसिङ’ भइरहेको मन्त्रालयले जनाएको छ ।यसअघि, बेलायतबाट नेपाल आएका एकजना विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन पुष्टि भएको थियो ।
प्रकाशित : २०७८ पुष ७ बुधबार